बैंकका कर्मचारीको झोला लुट्न धरानमा गोली प्रहार

goli_1

  काठमाडौं । अज्ञात समूहले धरानमा जीवन विकास लघुवित्तको सेवा केन्द्रका कर्मचारीमाथि गोली प्रहार गरेको छ । धरानमा रहेको लघुवित्तका कर्मचारी शम्भुप्रसाद गच्छादारमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बैंककै कामको सिलसिलामा धरान बजारबाट केही पर गाउँमा पुगेका बेला गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गच्छदारसँग रहेको झोला लुट्नकै लागि गोली प्रहार भएको खुलेको छ ।

यता, गच्छदारले भने आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् । धरान–५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको प्रहरीले जनाएको छ । गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने प्रहरीले जनाएको छ ।

तर, घटनाको यथार्थ विवरण भने आउन बाँकी छ । गोली लागेर गच्छदारको बीपी कोइराला मोमोरियल अस्पताल धरानमा उपचार भएरहेको छ । भने अपराधीको खाजी तिव्र पारिएको प्रहरीले जनाएको छ ।

 

 

Comments

Top