राजधानीको दुई स्थानमा सिलिन्डर विस्फोट, ३ जनाको मृत्यु, ५ जना घाइते (अपडेट)

silinder

    काठमाडौं । राजधानीको सुकेधारा र घट्टेकुलोमा सिलिण्डर विस्फोटमा हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी क्रमश २ र १ जनाको मृत्यु भएको हो ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो थियो भने अनामनगरको घट्टेकुलोमा पनि एउटा कोठामा सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।

सुकेधारामा भएको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ भने घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

Comments

Top