४५ एसपीको सरुवा : कास्कीमा कार्की, पर्सामा राठौर

nepal police

   काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा गरेको छ । जस अनुसार आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, दानबहादुर मल्लकाे चितवन र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ । 

त्यसैगरी, विश्व अधिकारीकाे मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीको सरुवा भएको छ ।

सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ । सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।

त्यसैगरी नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

Comments

Top