बम विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो : कोटेश्वरबाट ७ पक्राउ,नागढुंगामा पनि विस्फोट

silinder

 

silinder

 काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वर नरेफाँटबाट सरकारद्वारा नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट चारवटा कुकर, पर्चा पम्प्लेट, भाटासमेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्लेलगायतलाई पक्राउ गरेको हो। उनीहरु अनामनगरमा बिस्फोटपछि भागेको प्रहरीले जनाएको छ ।  ।

 सोमबार घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले मसाल जुलुस निकाल्ने तयारी गर्दा उनीहरुप्रहरी फन्दामा परेका हुन ।

 यसैबीच काठमाडौंका दुई स्थानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ । विस्फोटमा सुकेधारामा चारजना, अनामनगरमा एकजना र चन्द्रागिरी नगरपालिकामा दुईजना घाइते भएका छन् ।  नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको बम विस्फोट भएको छ।

 घटनामा संलग्नमध्ये चन्द्रागिरी ३ का २३ वर्षीय विक्रम लामा रहेका पक्राउ परेका छन भने अर्का एक फरार छन्  । 

Comments

Top