विप्लव नेकपाको बन्द : हेटौंडामा ट्रक जलाइयाे

truck

 हेटौंडा । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ ।

त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उनले बताए ।

सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए ।विप्लवको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ ।

Comments

Top