दुई लाख लुट्दै गर्दा परियार पक्राउ

2 lakh

  काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुमा २ लाख लुट्दै गर्दा एक जना लुटेरालाई पक्राउ गरेको छ । पाँचथर घर भई चाबहिल बस्ने नरेन्द्र माखिमको साथबाट २ लाख लुट्दै गर्दा गस्तीमा रहेको प्रहरीले ति लुटेरालाई पक्राउ गरेको हो ।

बालाजु वृत्तका डिएसपी बालनरसिंह राणाका अनुसार माछापोखरी चोकमा २ लाख लुट्दै गर्दा उदयपुर घर भई टोखामा बस्दै आएका २५ वर्षीय वसन्त परियारलाई पक्राउ गरिएको हो ।

प्रहरीले परियारको साथबाट दुई लाख रुपैयाँ पनि बरामद् गरेको छ । पक्राउ परेको परियारमाथि थप अनुसन्धान जारी रहेको राणाले जनाएका छन् ।

Comments

Top