मोदीको सपथ ग्रहणमा सहभागी हुन चौधरी पनि दिल्ली प्रस्थान

modi

   काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी बिहीबार बिहान दिल्ली गएका हुन् ।

मोदीको सपथ ग्रहण समारोह बिहीबार बेलुकी भारतीय समय अनुसार ७ बजे राष्ट्रपति भवनमा आयोजना हुँदैछ ।

सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अध्यक्ष चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् । सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । गुजरातको मुख्यमन्त्री हुँदादेखिनै मोदी र चौधरीबीच सुमधुर सम्वन्ध रहँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीको सपथ ग्रहणमा सहभागी हुन आज दिल्ली जाँदैछन् ।

Comments

Top