यो सिजन ३ सय ५० जनाले गरे सगरमाथाको सफल आरोहण, ९ जनाको मृत्यु

sagarmatha

  काठमाडौं । यो सिजन विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गर्नेको संख्या कम्तिमा ३ सय ५० पुगेको छ । तीन महिनाअघि सुरु भएको वसन्तकालीन हिमाल आरोहण बिहीबारबाट सकिएको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अन्य हिमालमा २ सय हाराहारीले सफल आरोहण गरेको अनुमान छ ।

एक साताभित्र सम्पूर्ण तथ्यांक सार्वजनिक हुने जानकारी गराउँदै निर्देशक आचार्यले आरोहणमा खटाइएका सम्पर्क अधिकृतले जानकारी गराउने क्रम जारी रहेकाले यकिन तथ्यांक अहिलेनै भन्न नसकिने बताइन् ।

यस सिजनमा सगरमाथामा नौ जनाको मृत्यु भएको छ  भने अन्य हिमालमा समेत गरी १७ जनाको मृत्यु भएको छ । विभागले यसपटक ३२ वटा हिमालका लागि १ सय १६ आरोहण दललाई अनुमति दिएको थियो ।

ती दलमा ८ सय ९५ जना थिए । सगरमाथाका लागि मात्रै ३ सय ८१ जनाले अनुमति लिएका थिए ।

Comments

Top