नेपालका लागि ब्रिटिस राजदूतमा पोलिट

nikola polit

  काठमाडौं । नेपालका लागि बेलायतती राजदूत रिचार्ड मोरिसको कार्यावधि पूरा हुनै लाग्दा वेलायत सरकारले निकोला पोलिटलाई नियुक्त गरेको छ । उनी नेपालका लागि पहिलो महिला ब्रिटिस राजदूत हुन् ।

ब्रिटिस विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी पोलिटले नोभेम्बर २०१९ देखि कार्यभार सम्हाल्ने जनाएको छ । गत दुई वर्षदेखि ब्रिटिस विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी पोलिट सन् २०१४ देखि २०१६ सम्म ब्रिटिस प्रधानमन्त्रीको सहायक निजी सचिव थिइन् ।

त्यसअघि मन्त्रिपरिषद्मा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकार थिइन् ।

Comments

Top