नेपाल फाइनलमा, बंगलादेश ४२ गोल अन्तरले पराजित

काठमाडौं : नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल थप्दै ४-२ गोल अन्तरले बंगलादेशलाई पराजित गरेको हो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे । औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गरेपति खेल ३-० ले अघि बढेको थियो । तर, बंगलादेशले ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत गरेपनि नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा भुटानलाई ३-० गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल आइतबार नेपाल र भारतबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित