आफ्नै पार्टीको सरकारविरुद्ध किन उत्रिए रावल ?

bhim rawal

   काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकारकै आलोचना गरेका छन् । सरकारले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा देखाउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले अमेरिकी राजदुत (याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

अमेरिकी राजदुत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ।

केही दिन अघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि गरेको शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौताप्रति पनि उनले आपत्ति जनाए ।

उनले भने–‘सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको छ ।’ उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो।

Comments

Top