प्रितम र आयुष सारेगमपको फाइनलमा

pritam and aayush

  काठमाडौं । दुई नेपाली बालकहरू प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण भइरहेको ‘सा रे ग म प लिल च्याम्प्स’को अन्तिम प्रतिस्पर्धामा पुगेका छन् ।

उनीहरू निर्णायक र दर्शकको मतका आधारमा फाइनलमा पुगेका हुन्। उनीहरूसँगै अन्य चार जना पनि अन्तिम स्पर्धामा पुगेका छन् । उनीहरू डिजिटल राउण्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अन्तिम स्पर्धामा पुगेका हुन् ।

सेमिफाइनलमा आचार्यले ‘तडप तडप’ गाएका थिए भने केसी ‘तुम मिले दिल खिलें’ बोलको गीत गाएका थिए । प्रस्तुतिपछि निर्णायकहरू दुबैलाई उत्कृष्ट प्रतिक्रिया दिदैं तारिफ गरेका छन् ।

सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो जी टीभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ।गत फेब्रुअरी ९ बाट शुरू भएको प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी छन् । फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित