नेपाली व्यबसायीद्वारा दोहामा पहिलो पटक दोहोरी साँझ संचालन

dohori4

 दोहा । इदको अबसर पारेर कतारमा पहिलो पटक नेपाली व्यवसायीले दाहोरी साँझ संचालनमा ल्याएका छन् । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा हिजो ५ जुनमा  एनआरएनए मध्य पुर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रबिन गुरुङ र उनकी धर्मपत्नी सरिता गुरुङले  संयुक्त रुपमा उद्घाटन गरेसँगै उक्त दोहोरी साँझ सँचालनमा ल्याइएको हो।

 उद्घाटन कार्यक्रममा नेपाली लगायत अन्य मुलुकका नागरिकहरुको भब्य उपस्थिती रहेको थियो। रेस्टुरेन्टको नाम  एसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट बार रहेको छ ।

 करिब ४ लाखको  हारहारीमा कतारमा रहेका नेपालीहरुलाई नेपाली कला संस्कृती झल्किने गरि भरपुर मनोरञ्जन दिने हेतुका साथ उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको  सन्चालक  गुरुङले जानकारी दिए । नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्ट समेत गरिएको छ।

 dohori1

 सन्चालक गुरुङले भने –‘हामी व्यापार व्यबसायको सिलशिलामा यहाँ(कतारमा) छौं तर, हामीले आफ्नो जन्मभूमीलाई कहिल्यै पनि भुलेका छैनौं र भुल्दैनौं पनि । नेपाली कला र संस्कृतिलाई बिदेशमा समेत झल्काउन र प्रबर्दन गर्नका लागि दोहोरी साँझ सँचालन गरिएको हो ।'

  रेस्टुरेन्टमा  वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आर्ट एण्ड डेकोरको काम गरेको छ । रसिया र इटालीमा आयातित रङबाट वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले काम गर्दै आएको छ । 

Comments

Top