८ वर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

pakrau

  काठमाडौं । तपाईलाई पत्यार नलाग्न सक्छ साना बालबालिकाको भविश्यको जिम्मेवारी आफ्नो काँधमा बोकेका शिक्षकहरुले नै तिनै बालिकाहरुमाथि गिद्धे नजर लाउँछन् भनेर ।

तर, यस्तै यस्तै घटना दिन प्रतिदिन बढिरहेका छन् । जेठ १२ गते रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले १४ जना विद्यार्थीहरुलाई ढिलो आएको भन्दै कुटपिट गरेको घटना सार्वजनिक भइसकेको छ । यद्यपी पुन अहिले प्रहरी हिरासतमा छन् ।

त्यसैगरी प्रहरीले एक जना प्रधानाध्यापकलाई पनि ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको छ । ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक रामनारायण यादवलाई प्रहरी पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो।

प्रधानाध्यापक यादवमाथि ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ।

३ जना मात्रै विद्यार्थी रहेको कक्षा ३ मा जेठ १९ गते २ जना विद्यार्थी नआएको ती बालिका मात्रै पढ्न आएकी थिइन् । सोही दिन प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको भन्दै प्रहरी चौकीमा उजुरी परेको थियो।

Comments

Top