काठमाडौं । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले एक बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गर्दै पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीया (नाम गोप्य राखिएको) एक बाबुलाई नाबालिकालाई बलात्कार गरेकोमा अभियोगमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको अभियोगमा १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो।
पछिल्लो पटक बावुले ति १३ वर्षिया बालिकालाई २०७५ पुस २२ गते बलात्कार गरेका थिए। उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो।
प्रहरीले पुस २३ गते पक्राउ बावुलाई पक्राउ गरेको थियो। जिल्ला अदालत मकवानपुरले माघमा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो।
Comments