अपराध महाशाखाद्धारा डकैती मुद्दाका फरार अभियुक्तमाथि गोली प्रहार गरी नियन्त्रण

luteraharu

   काठमाडौं । महानगरीय अपराध महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा छ । महाशाखाका अनुसार प्रहरीमाथि नै जाइलाग्न खोजेपछि डकैती मुद्दाका फरार पाँचथर फिदिमका छिरिङ तामाङल ‘काका’ लाई जोरपाटी अत्तरखेलबाट गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले तामाङलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । तामाङको खुट्टामा गोली लागेको छ । थापाले भने–‘हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जनालाई हामीले पक्राउ गरेका थियौं । सोही समूहका तामाङले प्रहरीमाथि नै जाइलागेर भाग्न खोजेपछि गोली प्रहार गरी बौद्धबाट नियन्त्रणमा लिइएको हो ।’  काकालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

यस अघि महाशाखाले हतियार देखाई लुटपाट गर्ने चार जनालाई पक्राउ गरिसकेको थियो । तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेका थिए।

उक्त समूहमाथि २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको उजुरी महाशाखामा परेको छ ।

महाशाखाले तामाङसहित इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाँइ र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङलाइ पक्राउ गरेकाे छ । 

Comments

Top