अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूत सिफारिस

Pararastra-Mantralaya

  काठमाडौं । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।

स्रोतका अनुसार मन्त्रिपरिषद्ले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको छ ।

स्रोतका अनुसार सिफारिशमा परेका चार जना सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।

अष्ट्रेलियाका लागि राजदूत बनेकी पर्यटन व्यवसायी लक्की शेर्पामाथि मानव तस्करी गरेको आरोप लागेपछि सरकारले उनलाई फिर्ता बोलाएको थियो । अहिले उनको ठाउँमा अध्यक्ष दाहालको प्रस्तावमा दाहाललाई सिफारिश गरिएको बताइएको छ । दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा कतारको राजदूत सिरफारिश भएका हुन् भने मिश्र नेपालको प्रस्तावमा सिफारिश भएका हुन्। स्पेनका लागि राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा भने पर्यटन व्यवसायी महिला हुन् ।

Comments

Top