विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र भारत भिड्दै, सबैभन्दा उत्कृष्ट हुने

australia vs india

  काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

विश्वकपको उपाधि दाबेदार रहेका अष्ट्रेलिया र भारतबीचको आजको खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुने आँकलन गरिएको छ । आजको खेलमा अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

त्यस्तै भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

Comments

Top