साथीहरुकै कुटपीटबाट देवदहमा एक युवकको मृत्यु, ५ जना पक्राउ

suman thapa

   काठमाडौं । कुटपीटकै कारण तीन जनाको हत्या भइसकेको रुपन्देहीको देवदहमा गएराति एक युवकको कुटपिटकै कारण हत्या भएको छ ।

देवदह क्षेत्रमा यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।

गएराती देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीमाथि साथीभाइले कुटपिट गरेको खुलेको छ । थापाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका सई डिलबहादुर मल्लले बताए ।

Comments

Top