अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

accident

  काठमाडौं । सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरु दुबैको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मरिण गाउँपालिका–४ का १८ वर्षीय सुकमान जिम्बा र १४ वर्षीय सागर माझीको रहेको प्रहरीले जनाएको छ।

भर्खरै किनिएको अनटेष्ट ट्रयाक्टर दुर्घटना परेको हो । मुङ्ग्रेबाट चनौटे जाने क्रममा ओभर स्पीडका कारण ट्रयाक्टर पल्टेको स्थानीयको अनुमान छ। घटनापछि चालक तथा ट्रयाक्टर धनी मरिण गाँउपालिका–३ चनौटेका श्याम माझी फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

Top