पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ

pakistan

  काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारी पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरणको अभियोगमा उनलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूको टोलीले पक्राउ गरेको हो ।

जरदारी तथा उनकी बहिनी फर्याल तालपुरले गरेको अग्रिम जमानतको निवेदन इस्लामावादस्थित एक उच्च अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका हुन् ।

पाकिस्तानको भ्रष्टाचार विरोधी निकाय, नेशनल अकाउन्टेबिलिटी ब्युरोले दशौं लाख डलर सम्पत्ति शुद्धीकरण गर्न दर्जनौं गलत बैंक खाता खोलिएको दाबी गरेको छ ।

जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलावल भुट्टोले कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् । सो पार्टीले सरकारले राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ ।

जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् । उनी सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पदमा थिए । एजेन्सी

Comments

Top