आफ्नै छोरीलाई बलात्कार गर्ने उपसचिव पक्राउ

balatkar

  ललितपुर । पछिल्लो समय बलात्कारका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन् । चौतर्फी रुपमा प्रहरीले बलात्कारका घटनालाई न्यूनिकरण गर्न नसकेको आवाज पनि उठिरहेका छन् । तर, आफ्नै घरभित्रका सदस्यहरुले बलात्कार गर्दा प्रहरीले चाहेर पनि यस्ता घटना कम गर्न सकेको छैन ।

हामीले अहिले प्रसंग जोड्न खोजेको ललिपपुरमा भएको एक बलात्कारको घटनाको हो । ललितपुरमा बाबुले छोरीलाई बलात्कार गरेको समाचार हामीले तयार पार्दै गर्दा अलि अप्ठेरो महसुस गरेकै हौं । तपाईहरुलाई पनि यो हुनै सक्दैन भन्ने लाग्न सक्छ ।

तर, यथार्थमा यस्तै भएको छ । त्यसमाथि पनि पढेलेखेका व्यक्तिहरुले नै आफ्नै छोरीमाथि यस्तो दुव्र्यवहार गर्छन् भने अरुले के गर्लान ? कल्पना पनि गर्न सकिन्न ।

महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार एक जनालाई बलात्कारको अभियोगमा पक्राउ गर्यो । प्रहरीका अनुसार उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव हुन् । तिनै उपसचिवले आफ्नै १८ वर्षिया छोरीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई धोविघाटबाट पक्राउ गरेको हो ।

यद्यपी मन्त्रालयले यादव थरका ति उपसचिवलाई यस अघि नै निलम्बन गरिसकेको स्रोतले बतायो ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका उनले छोरीलाई बलात्कार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले रामाश्रय यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरेको हो ।

‘विदेशतिर यसलाई सामान्य मान्छन् केही हुँदैन आउ ...... ’ भन्दै उनले पटक–पटक छोरीलाई बलात्कारको प्रयास गर्दै आएका थिए । घरमा कोही नभएको मौकामा यादवले छोरीका संवेदनशील अंगहरु चलाईदिने गर्दै आएको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले माइन्यूज नेपालसँग कुरा गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले भने–‘यादवले विगत ३ वर्षदेखि नै छोरीलाई डर धम्की देखाई बलात्कार गर्दै आएका रहेछन् । उनकी आमाले पनि यो कुरो यस अघि नै पत्तो पइसकेकी रहेछिन् । तर, आमाले इज्जतको डरका कारण पतिलाई गाली गर्दै सुध्रन मौका दिएकी रहिछन् ।’

पटक–पटक सुध्रन आग्रह गर्दा पनि नमानेको र १२ कक्षामा पढ्दै गरेकी छोरीमाथि हुँदै आएको अन्याय सहन नसकेर अहिले भने तिनै आमा आफ्नै पतिको विरुद्ध प्रहरीसमक्ष आइपुगेपछि प्रहरीले यादवलाई पक्राउ गरी अनुसन्धान गरेको हो ।

कलेजको शिक्षकसँग प्रेम सम्बन्धमा रहेकी ति किशोरीलाई तिनै शिक्षकले प्रहरीमा उजुरी दिन दबाब दिएको पनि खुल्न आएको छ ।

Comments

Top