न्यूनतम १४ रुपैयाँबाट एकै पटक ५० रुपैयाँ पुग्यो ट्याक्सी भाडा

taxi

   काठमाडौं। सरकारले ट्याक्सी भाडा बढाएको छ। विगत लामो समयदेखि शान्तिपूर्ण आन्दोलनमा रहेको ट्याक्सी व्यवसायीहरुलाई अब भने केही राहत मिलेको छ । यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो।

ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो। यो नियम लागै भएसँग अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ।

यसको अर्थ पहिलो ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ। यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्। तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो। यसको अर्थ प्रति दुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो। यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ। यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।

सरकारले असार १ गतेदेखि लागू हुनेगरी सम्पूर्ण सार्वजनिक सवारी साधनको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले भाडा १२ प्रतिशत बढाइएको जनाएको छ । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो। बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ।

योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो। विभागले यसलाई २०६९ पछिको पहिलो पटक वैज्ञानिक भाडादर भएको दावी गरेको छ ।

Comments

Top