एकै दिन १६ वटा आयोजनाको अनुगमन

mahes

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा प्रभावशाली नेता महेश बस्नेत हरेक दिन केही न केही नयाँ विकास आयोजनाको सुभारम्भ हुनुपर्छ भन्ने मान्यताबाट प्रेरित छन् । सोही कारण पनि उनी प्रत्येक दिन विकास निर्माणका आयोजनाहरुको शिलान्यास, अनुगमन र उद्घाटनमा व्यस्त हुन्छन् ।

दृढ इच्छा शक्ति र जनता नै सर्वोपरि हुन् भन्ने मान्यता बोक्ने प्रतिनिधिसभा सदस्य बस्नेतले आफूले आफूलाई नमुना जनप्रतिनिधिको रुपमा स्थापित गराउन सफल भएको तथ्य समग्र भक्तपुरमा भएका विकास निर्माणका काममले नै प्रमाणित गर्दछ ।

हरेक दिन नयाँ विकास निर्माणको काम गर्ने अभियान अन्तर्गत सांसद बस्नेतको नेतृत्वमा शनिवार मात्रै १६ वटा विकास निर्माणका आयोजनाहरुको निरीक्षण एवम् अनुगमन भयो ।

अनुगमनका क्रममा सांसद बस्नेतले विकास निर्माणका आयोजनामा भएका गल्ती वा कमजोरिलाई तत्काल सुधार गरी काम अघि बढाउन सम्बन्धीत निर्माण कम्पनीलाई निर्देशन समेत दिएका थिए ।

अनुगमनका क्रममा केही विकास विरोधी तत्वहरुले अनावश्यक हल्ला फैलाई जनतालाई भ्रम छर्ने प्रयास गरिरहेको बताउँदै उनले कुनै पनि बहानामा विकासका काममा बाधा तथा अवरोध आउनु नहुने भन्दै गुणस्तरहिन काम गरेको पाइए कारबाही गरिने समेत बताए ।

mahes 1

तीन वटै तहका सरकारद्वारा निर्माण गरिएका शनिवार निरिक्षण भएका आयोजनाहरुमा सूर्यविनायक नगरपालिकाको च्वामु सडक, सरस्वती मन्दिर, पानीट्याङ्की–सिरुटार जाने सडक, थिमीदेखी गणेश मन्दिर जाने सडक, दवाडी टोल–प्रेसस स्कुल जाने सडक, बालकोट सूर्यचोक–खुकाडोल हुँदै विरुवा जाने सडक, सल्लघारी–कटुञ्जे–चित्रपुर हुँदै लुभु जाने सडक, चित्रपुर उकालो जाने सडक, बालकोट पानीट्याङ्ककीबाट गाम्चा जाने राजकुलो सडक, गाम्चा सिकारीटारबाट तर्खगाल जाने सडक, तर्खगाल–गुण्डु– दधिकोट जाने सडक, पात्लेटार–अनन्तलिङ्गेश्वर जाने सडक, चरखण्डी–पात्लेटार जाने सडक, बालकोट हुँदै गोदावरी चाँगाथली सडक, सूनपा १ र २ जोड्ने पुल, गोदावरी खोलामा निर्माणधिन करिडोर लगायतका रहेका छन् ।


सांसद बस्नेतको नेतृत्वमा रहेको अनुगमन टोलीमा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी बस्नेत, सम्बन्धीत ठाउँका जनप्रतिनिधि, सम्बन्धीत सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासीलगायतको सहभागीता रहेको थियो ।

mahes 2

Comments

Top