देउवा भन्छन- विपक्षी दलको नेताले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने प्रचलन

sherbahadur

 काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा प्रतिपक्षीले पहिला बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने परम्परा रहेको बताएका छन् ।

 विपक्षी दलको नेता कि प्रधानमन्त्रीले पहिला बोल्ने भन्ने विवादका कारण मंगलबार संसद अवरुद्ध भएको थियो  ।

 आफ्नो दलको नेतालाई बोल्न नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरे ।

 विपक्षीको नाराबाजीका कारण रोष्टममा पुगेका प्रधामनमन्त्री ओलीसमेत सम्बोधन नगरी फर्किए । बैठकपछि कांग्रेस सभापति देउवाले विपक्षी दलको नेताले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने प्रचलन नै भएको बताए ।

Comments

Top