अन्तत:सरकार झुक्यो, चौतर्फी बिरोधपछि गुठी विधेयक फिर्ता

guthi 1काठमाडौं। चौतर्फी बिरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार भूमी व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन ।

सरकारले गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ राष्ट्रियसभामा पेश गरेको थियो । मन्त्री अर्यालले प्रेस वक्तव्य जारी गर्दै पेश गरिएको विधेयक फिर्ता लिने घोषणा गरेकी हुन् । सम्बन्धित सरोकारवालाहरुसँग छलफल तथा परामर्श लिन बाँकी रहेकाले अहिले विधेयक फिर्ता लिने वक्तव्यमा उल्लेख गरिएको छ । 

 सरकारले धार्मिक तथा सांस्कृतीक धरोहर अतिक्रमण गर्न गुठी विधेयकल्याएको भन्दै  काठमाडौं, भक्तपुर, ललितपुर लगायतका ठाउँका स्ठानिय बासिन्दाहरु आन्दोलित बनेका थिए। 

प्रतिक्रिया

सम्बन्धित