हनुमन्ते नदि सफाइ अभियान ६८औं हप्ता पूरा

h 68 1
भक्तपुर ।

‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदि सफाइ अभियानले बुधबार ६८औं हप्ता पूरा गरेको छ ।

समग्र भक्तपुरलाई सभ्य, स्वच्छ र सफा जिल्ला बनाउने उद्देश्य सहित सञ्चालित सफाई अभियान अन्तर्गतको हनुमन्ते नदि सफाई अभियानमा बुधबार अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत लोकन्थली देखि मनोहरा पुलसम्म सफाई गरेर सम्पन्न भएको छ ।

मध्यपुर थिमी नगरपालिका मनोरम समाजका अध्यक्ष, पूर्व सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा पातञ्जल योग समिति नेपालका केन्द्रीय सल्लाहकार विश्वबन्धु गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न सफाई अभियानमा अभियान्ता तथा स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

H 68 2

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले फोहोरका नायक आफूहरु नै भएको बताउँदै प्रथमतः परिवर्तन आफैमा अपरिहार्य रहेको बताए । उनले भने–‘हामीहरुले नै फोहोर गरिरहेका छौं । जबसम्म हामी आफैले आफूलाई सुधार्दैनौं तबसम्म यस्ता सामाजिक अभियानले सार्थकता पाउँदैन ।’

हुनुमन्ते नदि सफाई अभियानले सकारात्मक सन्देश फैलाएको भन्दै यस्ता अभियानहरु सञ्चालनमा स्थानीयबासीको सहभागिता उल्लेख्य हुनुपर्नेमा जोड दिए ।

H 68 4

मुलुकको भौतिक विकाससँगै भक्तपुरका आम नागरिकहरुमा सफाई सम्बन्धि चेतना बृद्धि गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम् भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बस्नेतको अगुवाई एवम् सूर्यविनायक नगरपालिकाको संयोजनमा सञ्चालित हनुमन्ते नदि सफाई अभियानले सार्थकता पाएको स्थानीयबासीहरुको बुझाई छ ।

H 68 5

सफाई कार्यक्रममा अभियानका सह संयोजकद्धय सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी, सामाजिक अभियान्ताहरु, नेपाल प्रहरी, नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुपका प्रतिनिधिहरु, नेप्सेम्याक, पातञ्जल नेपालका प्रतिनिधिहरु, नेपाल फुलबारी, बिभिन्न संघ संस्थालगायत स्थानीयबासी र सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहेको अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए ।

H 68 6

Comments

Top