विश्वकप क्रिकेट : विश्वकपबाट बाहिरिसकेको अफगानिस्तानसँग भिड्दै बंगलादेश

banga va afaga

  काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । यस अघि भारतसँग भएको खेलमा अफगानिस्तान अन्तिम ओभरमा आएर पराजित भएको थियो ।

बंगलादेश भने उच्च लयमा देखिएको छ । ठूला राष्ट्रलाई पराजित गर्दै राम्रो छाप छोडेको बंगलादेश आजको खेलमा अफगानिस्तानलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई निरन्तर दिन चाहन्छ ।

बंगलादेशले ६ खेलबाट दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको छ । यता, अफगानिस्तान भने अंकविहीन छ । उसले खेलेका ६ खेलमध्ये सबैमा हार ब्यहोरेको छ ।

बंगलादेश टिम
मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmकर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

अफगानिस्तान टिम
गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, इक्रम अलिखिल, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

 

Comments

Top