विश्वकप क्रिकेटः बाहिरिएको दक्षिण अफ्रिकासँग भिड्दै श्रीलंका

SA vs Shrilanka

  काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले सेमिफाइनलको यात्रा सहज बनाउन प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ ।

रिभरसाइड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । श्रीलंकालाई सेमिफाइनल पुग्न यो खेलमा निश्चित जित आवश्यक छ भने दक्षिण अफ्रिका पनि जित निकाल्दै छवि सुधार गर्ने लक्ष्यमा हुनेछ ।

यो खेलमा पराजित भएमा श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना करिब करिब समाप्त हुन्छ । ६ खेलमध्ये दुई खेलमा जित, दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको श्रीलंकाको ६ अंक छ ।

अहिले अंक तालिकाको सातौं स्थानमा रहेको श्रीलंका अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउन उसले अबका सबै खेल जित्नुपर्ने हुन्छ ।

एक खेल हारेको खण्डमा पनि श्रीलंका सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ । तर, पाकिस्तान र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।

दक्षिण अफ्रिका भने विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा जित, पाँच खेलमा हार र एक खेलमा पानी परेपछि अंक बाँड्दै तीन अंक बनाएको छ ।

 दक्षिण अफ्रिका : फाप डु प्लेसिसि (कप्तान), अइडेन मारक्राम, क्वेन्टन डे कक, हासिम अमला, रसी भान डेर डुसेन, डेविड मिलर, एन्डिल फेलुकवायो, जेपि डुमिनी, ड्वाइने प्रेटोरिओस, डेल स्टेन, कगिसो रबाडा, लुंगी एनगिदी, क्रिस मोरिस, इमरान ताहिर, ताब्रेज शाम्सी

श्रीलंका : दिमुथ करुणारत्ने (कप्तान), आविष्का फर्नान्डो, लाहिरु थिरिमाने, कुसल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डि शिल्भा, जेफ्फेरी भन्डेर्से, थिसरा परेरा, इसुरु उदना, लासिथ मालिंगा, सुरंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस, मिलिण्डा सिरिवर्दाना

Comments

Top