अमेरिकाले जित्यो विश्वकपको उपाधि

america

  काठमाडौं । संयूक्त राज्य अमेरिकाले महिला विश्वकपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा उसले नेदरल्याण्डलाई २–० ले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो। सन् २०१५ को विश्वकपको उपाधि पनि अमेरिकाले नै जितेको थियो।

आइतबार भएको फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। अमेरिकाले पहिलो गोल खेलको ६१ औं मिनेटमा पेनाल्टी मार्फत गरेको थियो। सो गोल मेगान रापिनोले गरेकी थिइन्।

नेदरल्याण्डलाई २–० ले पराजित गर्ने क्रममा अमेरिकाका लागि रोस लाभेलले खेलको ६९ औं मिनेटमा दोश्रो गोल गरेकी थिइन। गत विश्वकपको उपाधि जितेको अमेरिकाले पहिलोपटक सन् १९९१ मा विश्वकप जितेको थियो भने दोश्रोपटक सन् १९९९ मा जितेको थियो।

Comments

Top