मलेशियालाई पराजित गर्दै नेपाल फाइनलमा

nepal_1

  काठमाडौं । मलेशियामा जारी एसीसी यू–१९ प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले आयोजक मलेशियाविरूद्ध ७ विकेटको जीत हात पारेको छ । जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

८८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ६.३ ओभरमा ३० रन बनाउँदै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । ६.३ ओभरमा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित कुमार र भिम सार्कीले पारी सम्हाल्दै ठूलो जीत दिलाए ।

निर्धारित लक्ष्य नेपालले १५.५ ओभरमा ९० रन बनाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर पवन सरार्फले २ छक्कासहित १८ रन बनाए भने कप्तान रोहितकुमारले २९ रन बनाए भने भीम सार्कीले विस्फोटक ३४ रन बनाएर नेपाललाइ सेमिफाइनलमा जित दिलाए । रोहिले छक्क्का हान्दै नेपालको जित पक्का गरेका थिए ।

यसअघि मलेशिया र नेपालबीच भइरहेको पहिलो सेमिफाइनलमा मलेशियाले पहिले ब्याटिङ गर्दै ४०।५ ओभरमा ८७ रनमा समेटिएको छ । टस जितेर नेपालले मलेशियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालका बलरहरूको उत्कृष्ट ब्याटिङ सामू मलेशियाका ब्याटस्म्यानहरू टिक्न सकेका थिएनन् ।

नेपालका लागि एस ढकालले १० ओभरमा १६ रन दिएर ३ विकेट हात पारेका थिए ।

Comments

Top