सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा र जडिबुटीको पढाई : मन्त्री पोखरेल

patanjal

  भक्तपुर। पातञ्जल योग समिति नेपालले केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक बिबिध कार्यपत्र प्रस्तुत गरेको छ ।

योग समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी कार्यपत्र प्रस्तु गरेको हो । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरमा कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउनु पर्ने बताएका छन् ।

विद्यालयहरुमा योग शिक्षा पुर्याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै मन्त्री पोखरेलले विद्यालय र विद्यार्थी मार्फत योग शिक्षालाई अब गाउँ गाउँसम्म पुर्याईने पनि बताए ।

कार्यक्रममा मन्त्री पोखरेलले भनेन–‘अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीको पढाई सुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भईरहेको छ ।’

मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको चर्चा गर्दै मन्त्री पोखरेलले योगको खोज, अनुसन्धान र विस्तारलाईसंँ लैजानु पर्ने धारणा राखे । उनले योगलाई शारीरिक व्यायामको रुपमा मात्रै नबुझ्न पनि आग्रह गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), योगका गुरुहरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा. चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपक प्रसाद नेपाल, जानुका भट्टराईलगायतले योग र प्राकृतिक चिकित्साकाबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments

Top