हिरासत कक्ष फोडेर फरार भएका दुई अभियुक्त अपराध महाशाखाको पन्जामा

farar

 काठमाडौं। महानगरिय अपराध महाशाखाले हिरासत कक्ष फोडेर फरार भएका चोरीका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ का २५ वर्षीय विकास उर्फ रमेश भनिने रूद्रलाल श्रेष्ठ र २५ वर्षीय शम्सेर माझी रहेका छन् ।

 महाशाखाबाट खटिएको प्रहरी टोलीले  बुधबार उनीहरुलाई बौद्ध जम्बुडांडाबाट पक्राउ गर्न सफल भएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। 

 महानगरीय प्रहरी प्रभाग बुङमतीको हिरासत कक्ष नजिकै शौचालयको झ्यालमा फोडेर भागेका उनीहरुलाई प्रहरीले चोरी, डाका तथा लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । शौचालयको फलामे झ्याल काटि उनीहरु फरार भएका थिए  । 

अपराध महाशाखाका अनुसार  उनीहरुले ललितपुर गोदावरी–९ छम्पी स्थित केशव थापाको घर फोडेर चोरी गरेका थिए ।  अभियुक्तद्वयले नै    लगनखेलस्थित बसपार्कको स्पिड सर्भिसबाट पनि धनमाल चोरी गरेका थिए । यो घटनाले गर्दा प्रहरीलाई टाउको दुखाइको बिषय बनेको थियो । 

Comments

Top