वीर अस्पताल र ट्रमा सेन्टरका बिरामीहरुलाई फलफुल बितरण

falful

 काठमाडौं।  मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले आफ्नो १२ औ  स्थापना दिवसको अबसरमा आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल) मा बिरामीहरुलाई फलफुल बितरण गरेको छ।

 पुरानो मधेशी स्वास्थ्यकर्मी फोरम हालको सधिय समाजबादी स्वास्थ्यकर्मी फोरमले  वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरुलाई आज एक कार्यक्रमका बीच फलफुल बितरण गरेको हो ।

 सो कार्यक्रममा  प्रमुख अतिथि समाजवादी फोरमकी नेतृ हिसिला यमी र  ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादव लगायतको सहभागिता थियो ।

 ट्रमा सेन्टरका निर्देशक डा.यादवले बिरामीलाई केही मात्रामा भए पनि राहत हुने गरी गरिएको उक्त कार्यक्रमप्रति आभार प्रकट गरेका थिए।  कर्मचारी संगठनहरु राजनीतिक मात्र नभई यस्ता खालका रचनात्मक काममा लाग्नु पर्नेमा डा.यादबले सुझाब समेत दिएका छन्। 

Comments

Top