हनुमन्ते कोरिडोरको आवश्यकता पुष्टि भएको छ

char dobato

  स्मरण रहोस गत बर्ष हिजो कै दिन २०७५ असार २८ गते भक्तपुरको मध्यभाग भएर बग्ने हनुमन्ते नदिले आफ्नो रौद्र रुप प्रदर्शन ग¥यो । कल्पनाभन्दा धेरे बाहिरको त्यो अवस्था भक्तपुरबासीका लागि ज्यादै नै अनपेक्षित थियो ।

अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमी नगरपालिका ९ राधेराधे क्षेत्रको सिंगो बस्ती, भक्तपुरको जगाती, बाराही स्थानका बस्ती तथा मध्यपुरथिमिका राधेराधे, सल्लाघारी र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेको थियो । २७ गते मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि त्यहाँका बासिन्दा घरबाट बाहिर निस्कन समेत पाएका थिएनन् । 

अविरल वर्षाका कारण ढुंगे खोला, खस्याङखुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढि आएर पानीको बहाव जमिन सतहभन्दा धेरै माथि आएपछि उक्त स्थानका करिव ८० घर डुबानमा परेका थिए । जमिनबाट चार फिटमाथिसम्म पानी आएपछि धेरै घरभित्र पानी पसेपछि उक्त क्षेत्रका बासिन्दाहरु त्रसित भएका थिए । प्राय घरका भुईतल्लाका सबै सामान डुबेको थियो भने अरनिको राजमार्गस्थित मध्यपुर थिमी र भक्तपुर जोड्ने हनुमन्ते पुल भासिएको थियो ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा परे । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका थिए । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका थिए ।

अविरल वर्षापछि भक्तपुरको चाँगुनारायणमा घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो भनेन चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घरमा ढिस्कोले पुर्दा ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको थियो ।

मानीस कस्तो अवस्थामा संकटको भुमरीमा पर्छ भन्ने कुराको चित्रण सोही अवस्थाले गरेको थियो । जुन हामीले प्रत्यक्ष देख्यौं । यस वर्ष पनि वार्षायाम शुरु भएसँगै देशभर वर्षाकै कारण हुन सक्ने जनधनको क्षती न्युनिकरणका लागि आवश्यक सजकता नअपनाइएको पक्कै होइन् । तर, भक्तपुर बासीलाई भने अघिल्लो वर्षको त्रासले अझै ब्यूताइरहेको थियो ।

प्राकृतिक स्रोतहरुको उपयोग र सहि व्यवस्थापन हुन नसक्दा र बेलैमा होस नपु¥यादा यो वर्ष पनि मुलुक बाढिको संकटमा धकेलियो । २७ गते शुक्रबारदेखि निरन्तर रुपमा परेको अविरल वर्षाका कारण प्रकृतिक विपत्तिमा फसेको समाचार खासै नबन्ने उपत्यकाकै ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुर गत वर्ष झैं यो वर्ष पनि सञ्चारमाध्यमका समाचारका हेडलाईन बन्यो । तर, यो वर्ष गत वर्ष भन्दा बढि वर्षा भए पनि क्षती भने एकदमै न्यून भयो । कारण थियो करिडोर निर्माणको शुरुवात ।

bhakpatur

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाका युवा नेता महेश बस्नेतलाई पनि ठ्याक्कै एक वर्ष अघिको त्यो त्रासदीपूर्ण दिनले पिडाबोध दिएको रहेछ । त्यस क्षेत्रका स्थानीयबासीहरुको पीडामा मल्हम पट्टी गर्ने कार्यमा बस्नेतको सक्रियताले पिडाबोध भएको पुष्टि गर्छ ।

उनकै समन्वयमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जिल्ला प्रमुख, विभिन्न सामाजिक संघ संस्था र सरोकारवाला सरकारी नियायको पहलमा उद्दारको कार्य समयमै अघि बढ्दा ठूलो धनजनको क्षती हुन पाएन ।

जिल्लाको पहुँच भन्दा बाहिरको प्रविधि प्रयोग गरेर नेपाली सेनाको वीरदल गण, सूर्यविनायकले काठमाडौंको सुन्दरीजलमा रहेको सेनाको ¥याफ्टिङ बोट झिकाएर बाढिमा फसेकाहरुको उद्दार गरेको थियो ।

समयक्रमसँगै त्यस क्षेत्रका मानिसहरुको जीवन सामान्यकरण हुँदै गयो । सबैले आ–आफ्नो क्षेत्रबाट गरेको सहयोगका कारण भक्तपुर गत वर्षको त्यो प्राकृतिक विपत्तिको भुमरीबाट बाहिर निस्कन सफल भयो । तर, सांसद बस्नेतले यो घटनालाई नजरअन्दाज भने गरेका रहेनछन् ।

स्रोत र साधनको अभावका कारण समयमै आफ्ना क्षेत्रका बासिन्दाहरुलाई बाढिका कारण भएको डुबानमा उद्दार गर्न नसकेको निष्कर्षमा पुगेका बस्नेतले स्रोत र साधन व्यवस्थापन तर्फ ध्यान केन्द्रीत गरे । फलस्वरुप उनकै अग्रसरतामा भक्तपुरका स्थानीय व्यवसायीहरुबाट स्वस्फूर्त रुपमा करिव २० लाख बराबरको दैवी प्रकोप उद्दार सामाग्रिहरु खरिद गरियो ।

भक्तपुरको विकासको रफ्तार बढिरहँदा सांसद बस्नेतको सोच डुबानमा परेका भुभागलाई सदाका लागि डुबानमुक्त बनाउनका लागि र भक्तपुरका विकास क्रान्तिलाई सार्थकता दिने योजना स्वरुप हनुमन्ते नदिको दुबैतर्फ करिडोर निर्माणको महत्वकांक्षी योजना सार्वजनिक भयो ।

समग्र भक्तपुरकै प्रतिष्ठासँग जोडिएको योजना थियो, हनुमन्ते करिडोर । बजेट र योजनाको स्वरुपको हिसावले पनि महत्वकांक्षी योजना बन्यो, करिडोर निर्माण । वर्षायाम शुरु भएसँग अघिल्लो वर्षको कालो दिन सम्झन पुग्ने भक्तपुरबासीका लागि यो वर्ष खुसीको खबर थियो, हनुमन्ते करिडोर ।

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि ८१ करोडको ठेक्का आह्वान गरेको थियो । करिडोरको निर्माणको पहिलो चरणमा राधेराधे पुलदेखि नयाँ थिमि पुलसम्मको २.८ किलोमिटर दूरीमा करिडोर निर्माणको कार्य लगभग सम्पन्न भइसकेको छ ।

त्यसैगरी दोस्रो र तेस्रो चरण गरेर करिडोरलाई पूर्णता दिने सहमति भएको थियो । तर, दोस्रो चरणमा आएर निर्माण कार्य रोकिएको छ । पहिलो चरणको निर्माणकार्य ५५ प्रतिशत सम्पन्न भइसकेको र पहिलो चरणको काम छिट्टै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणकार्य अगाडि बढेपनि अहिले बीचमै काम रोकिँदा समस्या आएको हो ।

hanumante`

राधेराधेबाट विना अवरोध निर्माण हुँदै गएको करिडोर थिमी चारदोबाटोमा रहेको ब्लक कारखाना अगाडि पुगेपछि निर्माण कार्यमा अवरोध आएको छ । लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गा धनी, राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि नगरपालिकाका प्रमुख र बालकोटका वडाध्यक्षसहित भएको पटक–पटकको छलफलमा ‘ल्याण्डपुलिङ’को माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो ।

सहमतिअनुसार नै मध्यपुरथिमि नगरपालिकाले तयार पारेको नक्साको आधारमा नदीको बहाव व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमति भएको थियो ।

तर, विभिन्न बहानाबाजीमा करिडोर निर्माणमा अवरोध पु¥याउँदा थिमी चार दोबाटो क्षेत्रका बासिन्दाले गत वर्षझैं यो वर्ष पनि डुबानको समस्या भोग्नु पर्याे । यो वर्ष पनि हनुमन्तेले आफ्नो रुष्टता चार दोबाटो क्षेत्रका बासिन्दालाई प्रदर्शन गर्यो ।

तर, त्यसको मुख्य कारण थियो, सोही ठाउँमा पुगेर हनुमन्ते नदि करिडोर निर्माणको काम अवरुद्ध हुनु । फलस्वरुप यस क्षेत्रका कयौं घर डुबानमा परे भने सोही क्षेत्रमा सञ्चालित भक्तपुरकै पहिलो नमुना व्यवस्थित थोक तथा खुद्रा तरकारी बजार डुबानमा पर्याे।

करिडोर निर्माणको औचित्यमाथि प्रश्नचिन्ह खडा गर्ने स्थानीय जनप्रतिनिधिको अकर्मण्यता र अबुझका कारण वर्षायाम शुरु हुनु अगाडि करिडोर निर्माणको काम अवरुद्ध बन्यो । करिडोर निर्माण रोक्न निर्देशन दिने जनप्रतिनिधिहरुले निर्माण रोक्नु पर्ने कारणको समाधान पहिल्याउन नसक्दा करिडोर निर्माणले गति लिन सकेन । जसका कारण यो समस्या श्रृजना भयो ।

अघिल्लो वर्ष पुरै डुबेको राधेराधे क्षेत्रमा यो वर्ष करिडोर निर्माण सम्पन्न भएका कारण त्यहाँका स्थानीयबासीहरुले यो वर्ष बाढिको समस्याबाट मुक्ति पाए भने करिडोर निर्माण अवरुद्द भएकै कारण मध्यपुर थिमीको चार दोबाटो र सूर्यविनायक नगरपालिकाको बालकोट क्षेत्र डुबानमा पर्याे ।

फेरि पनि सांसद बस्नेत नै यस विपद्को घडीमा स्थानीयको सहयोगमा जुट्ने पहिलो जनप्रतिनिधि भए । गत वर्षझैं यो वर्ष पनि थिमी चार दोबाटो क्षेत्रमा बाढिले पुर्याएको क्षतीको अवस्था बुझ्न र पीडितलाई सहायता गर्न दलबलसहित बस्नेत नै अगाडि बढे । सँगसँगै उनले सरोकारवाला निकायलाई आवश्यकता अनुसार साहयोगको लागि आग्रह समेत गरे ।

त्यहाँ सर्वसाधरणको एउटै गुनासो थियो–करिडोर निर्माण सम्पन्न नहुँदा हामी डुबानमा प¥यौं । सांसद बस्नेतले झमझम पानी परिरहेकै बेला स्थानीयबासीको बीचमा उभिएर करिडोर निर्माण कुनै पनि हालतमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

यो दृष्य स्थानीयहरुले अवलोकन गरिरहँदा बहानबाजी गरेर करिडोर निर्माण रोक्न निर्देशन दिने जनप्रतिनिधिहरुको उपस्थिति हुनेमा स्थानीयबासीले अपेक्षा गरेका थिए । तर, विडम्बना तर्कसंगत कारणसहित उहाँहरु त्यहाँ उपस्थित हुने र डुबान पीडितहरुसँग अन्तक्र्रिया गर्ने आशामा रहेका पीडितहरुको आशा निराशामा परिणत भयो ।

हनुमन्ते करिडोर अपरिहार्य भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ । यो तथ्यलाई गहन रुपमा नलिइ कुनै पनि बहनाबाजीमा भक्तपुरमा विकासको क्रान्तिका रुपमा निर्माण हुन लागेको करिडोर रोक्ने स्थानीय जनप्रतिनिधि एवम् अन्य शक्तिहरुलाई समयले नै पाठ सिकाउने कुरा सिद्द छ ।

Comments

Top