पोखरामै पहिलो पटक पेन गन र लागुऔषधसहित कारोबारी पक्राउ

lagun

 पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामै पहिलो पटक पेन गन र लागुऔषधसहित एक कारोबारीलाई  पक्राउ गरेको छ । लागु औषध प्रयोगकर्ताबाट पहिलो पटक पोखरामा पेन गन भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान वहादुर कार्कीले वताए।

 प्रहरीले पोखरा-२४ कास्कीकोट स्थायी घर भई मासबार बस्दै आएका २४ बर्षीय सागर रानाभाटबाट एक थान पेन गन, सात थान गोली र लागुऔषधबरामद् गरेको छ।

 रानाभाटले लागूऔषध कारोबार र हतियारसमेत बोकी हिड्ने गरेको भन्ने सुचनाका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनको साथबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाईजापाम, १५ चक्की नाईट्रोसन , १० थान पासपोर्ट तथा ७ थान नागरिकता बरामद् गरेको हो।

 रानाभाटलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले जनाए । एसपी कार्कीका अनुसार पेन गनमा टुप्पो पट्टिको लेख्न मिल्ने जस्तो देखिने भागमा गोली अड्काउने गरी राखेको देखिएको छ।

 पेनको बिच भागमा गोली भर्ने र गोली हाल्नु पर्दा भने अगाडीको टुप्पो भाग निकालेर पेनको फेद पट्टि भागमा बटम दवाउने गरी पेन गन प्रयोग हुने सिस्टम भएको  एसपी कार्की वताउँछन्। 

 पटक पेन गन र लागुऔषधसहित कारोबारी पक्राउ परेको यो घटनापछि लागुऔषध  कारोबारीबिरुद्द प्रहरी थप आक्रमक हुने अवस्था देखिएको छ। यसअघी एक लागुऔषध कारोबारीलाई पनि पक्राउ गर्ने क्रममा प्रहरीमाथि उल्टै आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिएको थियो। 

Comments

Top