प्रहरी सेटिङमै ठाउँ ठाउँमा काभ्रेली समुहको मिनी क्यासिनो, व्यक्तिगत खातामा करोडौ रकम

juwaan

 काठमाडौं । प्रहरी सेटिङमा ठाउँ ठाउँमा मिनी क्यासिनो संचालन गरेर गुण्डा समुहले धनाढ्यहरूलाई मुर्गा बनाउँदै आएको खुलेको छ। काभ्रेली समूहका अजय लामा, दिनेश लामा,रोशन लामा (ट्याटे), काभ्रेलीको भाञ्जा भनेर चिनिने गोर्खा लामा,दावा लामा (सानो),सोम लामा,सत्य मोक्तानले प्रत्येक दिन ठाउँ परिवर्तन गरी जुवा अखडा सञ्चालन गर्दै आइरहेका छन् ।

 उनीहरूले खेलेर जित्नेलाई पनि सेटिङमै हराउने गरेको एक जुवाडेले उल्लेख गरे । उनीहरूले सेटिङमै करोडौँ रुपियाँ हारजित गराउउन थालेपछि केही पीडित जुवाडेहरु प्रहरीमा जाने कि नजाने भनेर अन्योलमा परेका छन् । काभ्रेली समुहलाई अनिल लामा र सुमन घिमिरे नामका व्यक्तिले पनि सहयोग गर्दै आएको स्रोतको भनाइ छ।

 यो समुहले महाराजगन्जस्थित साम्वला होटेल पछाडि घर भाडामा लिएर जुवा खेलाउंदै आएको छ भने थानकोटमा पिकनिक जाने भनेर पातले वन भिलेज रिसोर्टमा मिनी क्यासिनो कै शैलीमा जुवा अखडा सञ्चालन गर्दै आइरहेको छ।

 त्यस्तै, काभ्रेको चनागलभित्र डाँडामा,नारायणथानको डाँडामा रहेको गाउ रिसोर्ट, स्वयम्भु र सामाखुशीका बिभिन्न होटेलमा पनि जुवा खेलाउने गरेका छन् । स्रोतका अनुसार भक्तपुरका अर्का गुण्डा रोशन लामा, एलपी गुरुङ भनेर चिनिने लोकबहादुर गुरुङले पनि काभ्रेली गुण्डाकै शैलीमा नयाँ बसपार्क, बानियाटार, स्वयम्भु, रामकोटमा घर भाडामा लिएर जुवा खेलाउंदै आएका छन्। एक जुवाडेका अनुसार यो समुहले महाराजगन्ज प्रहरीको घुमुवा प्रहरी टोलीलाई मासिक चार लाख रकम दिएर साम्वला होटेल पछाडि सेटिङ मिलाएर जुवा खेलाउंदै आएको छ।

 जुवा खेलाएर लुटपाट गरेरै यो समुहका नाइकेहरु एक वर्षको अबधिमा करोडौंको मालिक बन्न सफल बनिसकेको उनीहरू निकट स्रोत बताउँछ ।

 काभ्रेली जुवाडे रोशन लामाको समुहले सिन्धुली घर भइ हाल काठमाडौंको कपन बस्ने राजु दाहालबाट सेटिङकै जुवा खेलाई दुई करोड रुपियाँ कुम्ल्याको थियो । अहिले सेटिङ जुवामा राजु दाहाललाई पनि दश प्रतिशतको हिस्सेदार बनाइ काठमाडौंमा जुवा अखडा शुरु गरेका छन् ।

 त्यसैगरी सेटिङमा जुवा खेलाएर ललितपुर ठेँचोका कान्छा बस्नेतको दशैँ र तिहारको बीचमा काभ्रेली समुहले एक करोड पचास लाख रुपियाँ लुटेको स्रोतले वतायो । कान्छा बस्नेतका व्यापारिक पार्टनर युनाइटेड ऐकेडेमीका मालिक द्रीपप्रसाद चाम्लिङलाई सेटिङमै जुवा खेलाइ केही महिना अगाडि दुई करोड रुपियाँ हराएको चाम्लिङ नजिकका जुवाडेले बताए ।

 त्यसैगरी सेटिङमै जुवा खेलाइ बौद्धका मानबहादुर लामा, कपनका भट्टराई लगायतका व्यक्तिबाट दश करोड कुम्ल्याउन सफल भइसकेका छन् ।

 केही महिना अगाडि कपनका भट्टराई थरका व्यक्तिलाई सेटिङमै जुवा खेलाइ करोडौँ रुपियाँ हारेको र त्यो पैसा तिर्न नसकेपछि रोशन र गोरखाले ज्यानै मार्ने धम्की दिन थालेपछि ती भट्टराई थरका व्यक्तिले कपनकै १५ आना जग्गा चाबहिल मालपोतबाटै केही महिना अगाडि रोशन र गोर्खाको नाममा पास गराएर दिएका थिए ।

 प्रहरीले गोप्य रुपमा काभ्रेली जुवाडे समुहका नाइकेलाई पक्राउ गरी व्यक्तिगत बैंक खाता अनुसन्धान गर्ने हो भने स्रोत नखुलेको करोडौ रकम भेटिने यो समुहबाट पीडित बनेका एक जुवाडे दाबी गर्छन्।  जुवा खेलाएकै भरमा रोडपतिबाट करोडपति बनेका काभ्रेली समुहका यि व्यक्तिह  आपराधिक पृष्‍ठभुमिका रहेको ति जुवाडे वताउंछन् ।   

Comments

Top