गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्कर पक्राउ

goli

  काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहका अनुसार घटनामा संलग्न एक जना तस्कर पक्राउ परेका छन् । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई नवीन विक्रम थापा घाइते भएका छन् ।

गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । अन्य ५–६ जनाको समूह फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

Top