प्रदर्शन खस्किएको भन्दै बेललाई निकाल्ने तयारी

bell

  काठमाडौं । रियल मड्रिडले ग्यारेथ बेललाई क्लवबाट निकाल्ने तयारी गरेको छ । ३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ तर, रियलका प्रशिक्षक जिनेदिन जिदानले भने बेल राम्रो अफरको पर्खाइमा रहेको रहेको बताइसकेका छन् ।

त्यसैले पनि आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि गेल टिममा परेनन् । बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने–‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

गत सिजन बेलको प्रदर्शन खस्किएपछि ‘क्लबमा परिवर्तन’को निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् । उनी पूर्वक्लब टोटनहृयाम फर्कने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

Comments

Top