किन प्रचण्ड निवास पुगे ‘रअ’का प्रमुख ?

prachanda and goel

  काठमाडौं । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलले सोमबार विहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।

खुमलटार निकट स्रोतका अनुसार प्रचण्ड र समान्तबीच विहान लामो गोप्य वार्ता भएको थियो । तर, वार्तामा के–के कुरा भयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

अहिले नेकपा भित्र विभागहरु गठनको विषयलाई लिएर ठूलो विवाद भइरहेको बेला रअका प्रमुखले प्रचण्डसँग भेटवार्ता गर्नुलाई रहस्यमयका रुमा लिइएको छ ।

गोयलसहित पाँच जनाको गुप्तचर टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको थियो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको स्रोतले जनाएको छ ।

रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो ।

Comments

Top