प्रतिबन्धित नेटवर्किङ व्यवसाय गर्ने तीन जना चितवन प्रहरीको फन्दामा

networking

  चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित नेटवर्क मार्केटिङमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंमा दर्ता भएको एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष र दुई जना सदस्य रहेका छन् ।

अध्यक्ष सुनसरी धरान–७ का ३७ वर्षीय सुमन भन्ने जहरमान घिसिङ तथा सोही कम्पनीका सदस्यद्धय गोरखा पालुङटार–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देही बुटबल–९ की ४३ वर्षीया पार्वती केसी रहेका छन्।

चितवन प्रहरीले उनीहरु आइतबार नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुले चितवनमा पनि कारोबार गर्दै आएका थिए ।

पक्राउ परेपछि सोधपुछ गर्दा नेपालमा प्रतिवन्धित नेटवर्क मार्केटिङ अन्तर्गत पिरामिड शैलीको व्यपार प्रणाली अपनाएको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुविरुद्ध ठगी अभियोगमा मुद्दा चलाउन अनुसन्धान भएको र अदालतबाट म्याद थप गरेर प्रकृया अगाडि बढाइसकेको छ ।

Comments

Top