शिल्पा र छविराजविरुद्ध कालीमाटी महिला सेलमा उजुरी दर्ता, दुबै जना सम्पर्कविहिन

shilpa-chhabi.width-800

 काठमाडौं। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध कालीमाटी महिला सेलमा उजुरी दर्ता भएको छ। ओझाकी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दिएकी थिइन् ।

 गौशाला वृत्तले कालीमाटी प्रहरीको ‘महिला सेल’मा उजुरी दर्ता गर्न भन्दै फिर्ता गरेपछि आज महिला सेलमा उजुरी दर्ता भएको प्रहरी स्रोतले वतायो। उजुरी दर्तासंगै छविराज र शिल्पा सम्पर्कबिहिन भएको प्रहरी स्रोत वताउंछ । काठमाडौं प्रहरी स्रोतका अनुसार दुबै जनालाई प्रहरीले खोजी कार्य शुरु गरिसकेको छ ।

 दुबै जनालाई प्रहरीले पक्राउ गरी बहुबिबाहमा मुद्दा चलाउने छ । हेमा विराटनगरबाट उजुरीका लागि काठमाडौं आएकी थिइन । छविराजकी चौँथी पत्नी शिल्पा पोखरेलले बिहे गरेको एक महिनादेखि आफूलाई छविराजले कुट्ने तथा घरेलु हिंसा गरेको भन्दै गत असार २५ गते शान्ति सुरक्षाको माग गर्दै छविराजविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

 उनले दिएको उजुरीका आधारमा प्रहरीले दुवै पक्षबीच मिलापत्र गराएको थियो । त्यसपछि घटनाले नयाँ मोड लिएर छबिराजकी श्रीमती हेमाले दुबै जनाविरुद्ध बहुबिबाहको उजुरी दर्ता गरेकी हुन । उता हेमाले छबिराजबाट अंश लिएपनि कानुनी रुपमा उनीहरुबीच छोडपत्र भने नभएको वताइएको छ। 

Comments

Top