विश्व च्याम्पियनसिपमा गौरिका र एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

gaurika

  काठमाडौं । दक्षिण कोरियामा जारी अठारौं फिना विश्व च्याम्पियनसिपमा गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। गौरिकाले महिला १ सय मिटर फ्रिस्टायल १ मिनेट ००.६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००.७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी हुन् । ९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन् ।

एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५६.२८ सेकेन्डको कीर्तिमान रचे। उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७.८८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन्। एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहे ।

Comments

Top