विप्लव समुहकी काठमाडौं जिल्ला इञ्चार्ज उपाध्याय पक्राउ

dhirendra

 काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहकी काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छन्। नेपाल प्रहरीको विषेश ब्युरोले काठमाडौंको कपनबाट उपाध्यायलाई पक्राउ गरेको प्रहरी स्रोतले वताएको छ ।

 विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा मंगलबार अपराह्न उपाध्यायलाई पक्राउ गरिएको प्रहरी स्रोत वताउँछ।

 यसअघि प्रहरीले काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ।

 बुधवार बिप्लब समुहले माइला लामालाई पक्राउ गरिएको घटनाप्रति बिरोध जनाउँदै बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित