सरकारकाे आलाेचना र प्रचण्डकाे भूमिका

prachanda

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको समायोजनले टेस्ट क्रिकेटको जस्तो रुप लिएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रबीच जुन उद्देश्य लिएर पार्टी एकीकरण भएको थियो, त्यो उद्देश्यमा तुषारापात लाग्न थालेको चर्चा हुन भएको छ ।

निर्वाचनका बेला सहकार्य गरेर ठूलो सफलता पाएको नेकपाले त्यसबेलाको स्प्रिटमा काम गर्न सकेको छैन । बरु एमाले र माओवादी नेताहरूबीच ठूलो पर्खाल बन्ने अवस्था आएको छ । स–साना कुरामा पनि नेताहरू सार्वजनिक रुपमा आलोचनामा उत्रिन्छन् । यसरी सार्वजनिक रुपमा आलोचनमा उत्रिने कार्यलाई कार्यकर्ताले रुचाएका छैनन् । तर, शीर्ष नेताहरूले कार्यकर्ताको भावनालाई ध्यान दिएका छैनन् ।

बाहिर आएको सहमतिअनुसार सरकारको नेतृत्व केपी ओली र पार्टीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने उल्लेख छ । दुई वर्ष पुग्न लाग्दा समेत दाहालले पार्टीको नेतृत्व गर्न पाएका छैनन् । ओलीले नै पार्टी र सरकारको नेतृत्व गरिरहेका छन् ।

ओलीलाई सरकार सञ्चालनमा शुरुवातीदेखि नै दाहालले असयोग गर्दै आएको फल अहिले आएर भोग्दै छन् । दुईतिहाइको बलियो सरकारलाई सबैभन्दा ठूलो असहयोग माओवादी पृष्ठभूमि भएका नेताहरूबाट भएको छ । पूर्वमाओवादी नेताहरूले सरकारको आलोचना गर्नेदेखि अहसयोगका गतिविधि गर्दै आएका छन् ।

सरकारमा सहभागी पूर्वमाओवादी मन्त्रीहरूले पनि राम्रोसँग कार्यसम्पादन गर्न सकेका छैनन् । पूर्वमाओवादी मन्त्रीहरूका कारण प्रधानमन्त्री ओलीले आलोचना खेप्नु परेको छ । हालैको एक मात्र उदाहरण विषादीयुक्त फलफूल तथा तरकारी आयातका विषयमा पूर्वमाओवादी मन्त्रीहरूले नै प्रधानमन्त्री ओलीलाई विवादमा ताने ।

उनीहरुले समयमा ओलीलाई ब्रिफिङ गरेको भए केही हुने थिएन । तर, जानजानी उनीहरूले ओली सरकारलाई बद्नाम गराउन लागे ।

सरकारविरुद्ध षड्यन्त्रको तानाबुना खुमलटारबाटै हुने गरेको आरोप छ । पोख्त सबुद बाहिर नआए पनि खुमलटार ओली सरकारसँग सकारात्मक छैन । भूमिका नपाएकै कारण खुमलटार ओली सरकारसँग रिसाएको छ । यो असहमतिलाई भुलेर खुमलटारले सरकारलाई सहयोग गर्नुको बिकल्प छैन ।

नेपाली कांग्रेसले सरकारलाई लचिलो भएर सहयोग गरिरहेका बेला खुमलटार नै रिसाउँदा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

Comments

Top