एकैदिनमा १५ सय बढ्यो सुनको भाउ

gold_3

   काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । आइतबार उच्च मूल्यका कारोबार भएको सुनले आज झन नयाँ रेकर्ड राख्यो । आज त एकैपटक एक हजार पाँच सय रुपैयाँ बढेर सुनको मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम भयो ।

नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको हो । आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको महासंघको दावी छ ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित