सोनाशक्ति ब्राण्डको चामलमा प्लास्टिकको चामल, विक्री वितरणामा राेक

sonashakti

  काठमाडौं । गोरखा जिल्लामा भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लास्टिकको चामल मिसिएको भेटिएपछि बिक्रीमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको हो ।

भारतीय चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमूना संकलन गरेको छ ।

संकलित नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताए ।

भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।

Comments

Top