चेल्सीको लज्जास्पद हार

chelsi

  काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले प्रभावशाली सुरुवात गरेको छ । गए राति भएको खेलमा पश्चिम लन्डन क्लब चेल्सीलाई ४–० ले हराउँदै युनाइटेडले सानदार सुरुवात गरेको हो ।

चेल्सीविरुद्ध ओल्ड ट्राफोर्डमा १९६५ पछि सबैभन्दा फराकिलो जित निकाल्ने क्रममा मार्कस रास्फोर्डले २ गोल गरे भने एन्थोनी मार्सियाल र ड्यानियल जेम्सले १–१ गोल थपे ।


चेल्सीको भने १०४ वर्षे लिग यात्रामा पहिलो खेलमा भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा नै पेनाल्टीमार्फत अग्रता लिएको म्यान्चेस्टर युनाइटेडविरुद्ध चेल्सीले एकपछि अर्को गल्ती गरेपछि दोस्रो हाफमा ३ गोल खान पुगेको थियो ।

म्यान्चेस्टर युनाइटेडले चेल्सीविरुद्ध सन् १९९४ को एफए कपको फाइनलपछि पहिलोपटक फराकिलो जित निकालेको हो ।

Comments

Top