अमेरिकाले भिसा रिजेक्ट गर्दा सन्दीप लामिछाने आश्चर्यमा

 Sandeep-Lamichhane-pic

 काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले  भिसा दिन अस्वीकार गरेपछि सामाजिक सन्चाल र अनलाइनहरुमा चर्चाको बिषय बनेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान सन्दीप लामिछानेले अमेरिकाको भिसा आवेदन दिएका थिए ।

 तर, दूतावासले अस्वीकार गरेको छ । सन्दीपले  ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएकोमा  गुनासो गरेका छन् ।

 sandeep-tweet-1

 उनले भनेका छन् -‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु।’ सन्दीपले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको भन्दै उनले व्यक्त गरेका छन्  ।

Comments

Top