अन्तत: अमेरिकाको भिसा पाए सन्दीपले

sandip lamichhane

  काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको छ। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएको भन्दै सन्दिपले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

दोस्रो सिजन सिपिएल खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्स्मा ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए।

सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ। त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए।

यसैबीच लामिछानेले आफू अमेरिका गएर लुक्ने मान्छे होइन भन्दै प्रतिक्रिया दिएका थिए । उनले आफू रिजेक्ट हुनुको कारण सोध्दा दूतावासका भिसा अफिसरले कारण नदिइ दोहो¥याएर ‘यु आर रिजेक्टेड’ मात्रै भनेको पनि बताए । लामिछानले भिसा अफिसरको व्यवहार मलाई निकै रूखो लागेको पनि प्रतिक्रिया दिएका छन् ।

Comments

Top